काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। पहिलो त्रैमाससम्म आउँदा यस संस्थाको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशत बढेर १० करोड ८७ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस संस्थाको यस्तो आम्दानी ८ करोड २८ लाख ९८ हजार रुपैयाँ थियो ।
यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशतले बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस कम्पनीको यस्तो आम्दानी ९ करोड ७२ लाख रुपैयाँ रहेको छ । यसैगरी, पहिलो त्रैमाससम्म आउँदा संस्थाको सञ्चालन मुनाफा समीक्षा अवधिमा १९.४५ प्रतिशत बढेर २ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा यस कम्पनीको सञ्चालन मुनाफा ५ करोड २१ लाख रुपैयाँ थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६९ पैसा बढेर १९ रुपैयाँ ९६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ।
चालु आवको पहिलो त्रैमाससम्म यस संस्थाको चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया दिनुहोस्