Skip to content

दार्चुला पावरले बोलायो मंसिर १२ साधारणसभा, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौं। दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित साधारणसभा आह्वान गरेको । नवौं वार्षिक साधारणसभा मंसिर १२ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे बस्ने भएको छ ।

सो साधारणसभाले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्न पुँजी संरचना वृद्धिसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, समान उद्देश्य भएका कम्पनीसँग मर्जर लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत निर्णय पारित गर्ने कम्पनीको सूचनामा उल्लेख छ।

यस्तै, वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायत वित्तीय विवरण स्वीकृत गर्ने एजेन्डा पनि साधारणसभाका लागि तय गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima