Skip to content

डेडिकेटेड फिडर तथा ट्रंकलाइनः रिलायन्स स्पिनिङ मिल्सले तिर्यो बक्यौता, १६ दिनमा जोडियो लाइन

nabil bank

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता बापतको रकम विद्युत प्राधिकरणलाई तिरेको छ ।

रिलायन्सले आज बक्यौता रकम तिरेको हो । रिलायन्सले बक्यौता तिरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

उनका अनुसार रिलायन्सले बक्यौता तिरे लगत्तै विद्युत लाइन समेत जोडिसकेको छ । रिलायन्सले बक्यौता नतिरेपछि कात्तिक ४ गते बिहान प्राधिकरणले लाइन काटेको थियो ।

प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । बक्यौता तिरेका ९ वटा उद्योगको लाइन बुधबार प्राधिकरणले जोडिसकेको छ । अझै १५ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बापत २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

यता रिलायन्सले प्राधिकरणलाई तिर्नुपर्ने २८ किस्ता मध्येको एक किस्ता बराबरको रकम ‘किस्ता’ नभई ‘विवादित रकम’ मान्दै धरौटीका रूपमा बुझाएको जनाएको छ ।

उक्त रकम बुझाए लगत्तै विद्युत् लाइन जडान भएको छ । यसपछि कम्पनी पुनरावलोकन, पुनरावेदनसहित न्यायिक प्रक्रियामा जाने सहमति भएको जनाइएको छ । उक्त सहमति अनुसार नै धरौटी रकम जम्मा गरिएको रिलायन्सले जनाएको छ ।

विद्युत आपूर्ति अवरुद्ध हुुँदा उद्योग सञ्चालनमा अवरोध हुनुका साथै आर्थिक क्षतीका साथै हजारौँ श्रमिक रोजगारी बिहीन हुने जोखिमका कारण मध्यमार्गलाई स्वीकारेको रिलायन्सको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime