Skip to content

कुमारी बैंकको खुद नाफा सामान्य घट्यो, प्रतिसेयर आम्दानी कति ? 

nabil bank
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.०१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको इम्पेरमेन्ट चार्ज बढेको कारण नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा यस बैंकले १ अर्ब २६ करोड रुपैयाँ इम्पेरमेन्ट चार्जको लागि छुट्टाएको छ । जसको कारण सञ्चालन मुनाफा र खुद नाफामा घटेको हो । बैंकले चालु आवको तीन महिनासम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ३९.६३ प्रतिशत बढेर ८४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी ६० करोड ८१ लाख रुपैयाँ रहेको थियो । यसैगरी, चालु आवको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकले यस्तो आम्दानी ३ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ गरेको थियो ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा यस बैंकको यस्तो मुनाफा १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पुँजीमा २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime