काठमाडौं । गरिमा विकास बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख २० हजार रुपैयाँ रहेको छ । यो आधारमा र्बैकको लाभांश दिन सक्ने क्षमता १२.८७ प्रतिशत रहेको छ । चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी बढेको, सञ्चालन नाफा बढेको, इम्पेरिमेन्ट चार्ज घटेको कारण बैंकको नाफामा सुधार आएको छ ।
गत आवको असोज मसान्तमा ९८ करोड ६८ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा ९९ करोड ८५ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ३२ करोड २३ लाख ५६ हजार रुपैयाँबाट बढेर ३५ करोड ७६ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरिमेन्ट चार्ज गत आवको पहिलो त्रैमासमा ३७ करोड २१ लाख ३८ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ३३ करोड ३१ लाख ९३ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म प्रतिसेयर १७.६४ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।
गत आवको पहिलो त्रैमासमा ३.८२ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा ४.७३ प्रतिशत रहेको छ । ५ अर्ब ६८ करोड ५ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १३ करोड ८६ लाख २५ हजार रुपैयँ रहेको छ । ९० अर्ब ९८ करोड ११ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ६९ अर्ब ५८ लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।






प्रतिक्रिया दिनुहोस्