Skip to content

सम्भावित जोखिम व्यवस्थाका लागि बैंकहरुले छुट्याएको रकम ४५ प्रतिशतले बढ्यो, कुनको कति ?

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था (लोनलस प्रोभिजन) का लािग छुट्याएको ४५.०४ प्रतिशतले बढेको छ ।

जेनजी आन्दोलन, बैंकले प्रवाह गरेको कर्जा नउठनु, घट्दो ब्याजदर लगायतका कारण बैंकहरुले लोनलस प्रोभिजनका लागि छुट्याउने रकम क्रमैसँग बढ्दै गएको छ । बैंकको लोनलस प्रोभिजन बढ्दा नाफामा करिब १९ प्रतिशतले घटेको छ ।

बैंकहरुको खराब कर्जा पनि बढ्दै गएको छ । गत आवको पहिलो त्रैमासमा औषतमा ३.८८ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर औषतमा ४.७० पुगेको छ । जसले गर्दा पनि बैंकहरुले प्रोभिजनमा राख्ने रकम बढ्दै गएको बैंकरहरुको तर्क छ ।

कर्जाको घट्दो ब्याजदर र कम ब्याजदर हुँदा पनि ऋण प्रवाह गर्न नसकेका बैंकहरुलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको आगजति, तोडफोडले निकै असर परेको छ । गृहमन्त्री ओम प्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा २११ संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४२७ वटा निजी संरचनामा क्षति पुगेको छ ।

त्यसको असर बैंकले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय अवस्थामा देखिएको हो । लामो समयदेखि बैंकमा डिपोजिट नबढेको, बैंकहरुले डिपोजिट समेत लिन सकेका छैनन् । निजी क्षेत्रको ब्यापार व्यवसाय बढ्न सकेको छैन । बैंकहरुले कर्जा उठाउन सकेका छैनन् । त्यसको प्रभाव बैंकले कर्जा नोक्सानीका लागि छुट्याउने रकम, नाफामा देखिएको छ ।

अहिले बैंकहरुले कर्जाको सावाँ ब्याज उठाउन नसक्दा खराब कर्जा बढ्दै गएको छ । जसले गर्दा ठूलो रकम लोनलस प्रोभिजनका लागि छुट्याउनु परेको बैंकर्सहरुको भनाइ छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले लोनलस प्रोभिजनका लागि ५ अर्ब १७ करोड ८२ लाख ७९ हजार रुपैयाँ छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४५.०४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यस्तो रकम ३ अर्ब ५७ करोड २ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म ९ वटा बैंकको प्रोभिजन बढेको छ । प्रोभिजन रकम बढ्नेमा कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, नबिल बैंक, प्राइम बैंक र एभरेष्ट र्बैंक रहेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार असोज ग्लोबल आइएमई बैंक, नेपाल बैंकले प्रोभिजनका लागि छुट्याएको रकम घटेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंकको ऋणात्मक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime