Skip to content

सेबोनमा कर्मचारीको आन्दोलनः भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले विगत ४८ दिनदेखी राखेका माग पुरा गर्न भन्दै अध्ययन समिति गठन भएको छ ।

आज बसेको बोर्ड सञ्चालक समितिको बैठकले कानून मन्त्रालयका सहसचिव तथा बोर्डका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सदस्यमा बोर्डका सञ्चालक सिए आनन्दराज शर्मा वाग्ले र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य रहेका छन् ।

यो समितिलाई तीन दिनको समय दिइएको बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । ‘आज बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको छ’ उनले भने ‘यो समितिलाई तीन दिनको समय दिइएको छ । समितिले दिएको सुझाव सञ्चालक बोर्ड मार्फतले निर्णय गरेर कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउने छौ ।’

यता अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीको माग सात दिनमा पुरा गर्ने आश्वासन पछि धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ४८ औं दिनमा आजबाट रोकिएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीका माग अनुसार एक सातामा नियमावली संशोधन गर्ने आश्वासन दिएका छन् ।

मन्त्रीको उक्त आश्वासन लगत्तै कर्मचारी काममा फर्किएका हुन् । यता आजै बोर्डले कर्मचारीको माग सम्बोधन गर्न भन्दै तीन सदस्य रहने समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिवले असोज २ गते बोर्डलाई ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने’ भन्ने पत्र पठाए ।

कर्मचारीले असोज ७ गतेदेखि कर्मचारीले आफूले गरेका काममा जुनसुकै बेला अर्थ मन्त्रालयले प्रश्न उठाउने सक्ने, बनेका विनियमावली, निर्देशिका, कार्यविधि खारेज गर्न सक्ने भन्दै सेबोनलाई स्वायत्त निकाय बनाउनुपर्ने र असोज २ गतेको पत्र फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । मन्त्रीले चाहेको खण्डमा एक सातामा समाधान हुने विषयमा कर्मचारी ४८ औं दिनदेखि आन्दोलनमा थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi