काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ। आज सेयर बजार यस सेसनमा ४.५६ अंक बढेर २५७०.६६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक बढेको छ।
सोमबार प्रि–ओपन सेसनमा ३७ कम्पनीको ५५ पटकको कारोबारमा ३१ लाख ९५ हजार ३८२ रुपैयाँबराबरको २ हजार २९५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।






प्रतिक्रिया दिनुहोस्