Skip to content

बन्दीपुर केबलकारको सेयर सूचिकृत, भोलिबाट कतिमा होला कारोबार ?

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टूरिजम लिमिटेडको ५८ लाख ६० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको सेयर कारोबार भोलि मंगलबारबाट गर्न हुने छ।

कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि ९५ रूपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसाको मूल्य रेञ्ज पाएको छ। यसअघि कम्पनीले आवेदनका लागि १०० रूपैयाँ मूल्यको ५८ लाख ६० हजार कित्ता सेयर सार्वजनिक रूपमा निष्कासन गरेको थियो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima