Skip to content

सप्तकोशी सिमेन्टले आइपिओ जारी गर्ने

काठमाडौं । सप्तकोशी सिमेन्टले प्राथमिक सेयर निष्काशन (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको आइपिओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

त्यस्तै, सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयर धनीमा वितरण गर्ने निर्णय गरेको छ। सभाले सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

मोरङको कटहरी गाउँपालिकामा अवस्थित यस उद्योगले दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्दै गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै आएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima