Skip to content

बैंकको व्यवसाय विस्तारः निक्षेप संकलन र कर्जा प्रवाहमा सुस्त, कुनको कति ?

nabil bank

काठमाडौं । लामो समयदेखि बैंकिङ क्षेत्रमा कर्जाको माग सुस्त छ । कर्जाको माग नभएपछि लगानीयोग्य रकम (तरलता) प्रयाप्त मात्रामा छ । बैंकले कर्जा प्रवाह गर्न नसक्दा निक्षेप परिचालनमा समस्या भएको छ । अहिले कर्जाको माग पनि ज्यादै न्यून बिन्दुमा रहेको छ ।

कर्जाको ब्याजदर निकै न्यून बिन्दुमा हुँदा पनि बैंकमा कर्जा लिन जानेको संख्या ज्यादै न्यून छ । लगानीको वातावरण नभएको भन्दै उद्योगी व्यवसायीहरुले संस्था ब्याजदरमा पनि कर्जा लिन नमानिरहेको समयमा दुई महिना अघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्रलाई चरम निरासमा पुर्याएको छ । अस्थिर राजनीतिको सिकार बनेको निजी क्षेत्र जेनजी आन्दोलनका कारण थप निरास बनेको छ । जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीले लगानीको वातावरण झनै खलबलिएको छ ।

त्यसको असर बैंकिङ क्षेत्रले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाले पनि स्पष्ट संकेत गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था अनुसार बैंकहरुले संकलन गर्ने निक्षेप खुम्चिएको छ भने कर्जा प्रवाह पनि सुस्त नै छ ।

निक्षेप वृद्धिदर पनि न्यून छ भने कर्जा प्रवाह पनि कमजोर देखिएको छ । विशेषगरि बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको असोज मसान्तसम्मको तुलनामा बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह सुस्त देखिन्छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आवको पहिलो तीन महिनामा ६६ खर्ब ५९ अर्ब ४ करोड ५५ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो तथ्याङ्क गत आवको सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले मात्रै बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले ६४ खर्ब ४३ अर्ब ५० करोड ३४ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

२० बैंकमध्ये तीन वटा बैंकको निक्षेप घटेको छ भने बाँकी १७ वटा बैंकको निक्षेप बढेको छ । कुमारी बैंकको १.१६, सिद्धार्थ बैंकको २.५३ प्रतिशत र प्राइम बैकको निक्षेप ०.६१ प्रतिशतले घटेको छ । यो अवधिमा नेपाल एसबिआई बैंकको निक्षेप ६.७० प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ९७ करोड ९० लाख ९८ हजार रुपैयाँ रहेको छ । यस्तै नबिल बैंकको निक्षेप ६.१० प्रतिशत बढेर ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख ५ हजार रहेको छ ।

ग्लोबल आइएमई बैंकको निक्षेप ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख ३ हजार, एनआइसी एशिया बैंकको ५.७२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार, राष्ट्रिय वाणिज्य बैंकको ५.५३ प्रतिशतले बढेर ५ खर्ब २८ अर्ब ९ करोड ४८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कृषि विकासको ५.४६ प्रतिशतले बढेर ३ खर्ब ९ अर्ब ३७ करोड ७७ लाख ६० हजार, माछापुच्छ्रेको ५.०८ प्रतिशतले बढेर १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख १४ हजार, एभरेष्टको ५.०४ प्रतिशतले बढेर ३ खर्ब १३ अर्ब ८९ करोड २ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४.५५ प्रतिशतले बढेर ४ खर्ब ९३ अर्ब ८५ करोड १० लाख ८१ हजार रुपैयाँ रहेको छ । यस्तै लक्ष्मी सनराइज बैंकको २.१७, प्रभु बैंकको ०.८७, नेपाल बैंकको २.५५, हिमालयन बैंकको १.९३, एनएमबि बैंकको ३.४५, सानिमा बैंकको १.३७, सिटिजन्स बैंकको ०.५६, स्टयान्डर्ड चार्टर्ड बैंकको निक्षेप ३.४२ प्रतिशतले बढेको छ ।

चालु आवको तीन महिनामा बैंकहरुले ४७ खर्ब ३८ अर्ब ६३ करोड ५२ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरुले ४६ खर्ब ६३ अर्ब ९ करोड ८५ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो समय कर्जाको माग घटेपछि बैंकहरुबाट जाने ऋण सुस्त बनेको छ । २० वाणिज्य बैंकमध्ये ४ वटा बैंकबाट प्रवाह हुने कर्जा घटेको छ । जसमा हिमालयन बैंकको ०.०५ प्रतिशत, कृषि विकास बैंकको, ०.०८ प्रतिशत, एनआईसी एशिया बैंकको ५.३१ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ३.८१ प्रतिशतले घटेको छ ।

कर्जाको माग धेरै हुनेमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकको कर्जा प्रवाह ६.५२ प्रतिशतले बढेर २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख १८ हजार रुपैयाँ रुपैयाँ पुगेको छ । बैंकहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार माछापुच्छ्रे बैंकको ५.१०, कुमारी बैंकको ३.२४, राष्ट्रिय वाणिज्य बैंकको ३.०७, नेपाल एसबिआई बैंकको २.९७, ग्लोबल आइएमई बैंकको २.७२, लक्ष्मी सनराइजको २.६७, एनएमबिको २.४४, प्राइम २.१४ प्रतिशतले बढेको छ । नबिल बैंकको १.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.१९, प्रभु बंकको ०.२१, नेपाल ०.९४, सिद्धार्थ १.६५, सानिमा ०.६३ र नेपाल एसबिआई बैंकको कर्जा विस्तार २.९७ प्रतिशतले बढेको छ । सिटिजन्स बैंकको भने स्थिर नै रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime