Skip to content

अपी पावरको नाफा ४४.६१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

nabil bank

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढेको छ भने कुल नाफा १०.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi