Skip to content

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime