Skip to content

९० ब्रोकर र २ स्टक डिलरले १ वर्षका लागि गरे नवीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ९० ब्रोकर कम्पनी र २ स्टक डिलरको सदस्यता नवीकरण गरेको छ।

स्टक डिलर र ब्रोकरको चालू आर्थिक वर्ष २०८२/८३ का लागि सदस्यता नवीकरण गरिएको नेप्सेले सूचना जारी गरेको हो।

ब्रोकर र स्टक डिलरको सदस्यता १ वर्षका लागि नेप्सेमा नवीकरण भएको नेप्सेले जनाएको छ। यी कम्पनीले धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद बिक्री गर्दै आएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima