काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिमा परेको बीमा दाबीको सबैभन्दा धेरै भुक्तानी गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ ।
यस कम्पनीले हालसम्म आउँदा १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको थियो ।
यसैगरी, आन्दोलनमा भएको क्षतिमा दि.ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ४ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । आइजिआई इन्स्योरेन्स कम्पनीले ५५ करोड ४४ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ६६ करोड २६ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यता नेको इन्स्योरेन्स कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २७ करोड ४३ लाख, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ करोड ३८ लाख र एनएलजी इन्स्योरेन्स कम्पनी कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले ११ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ३१ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ५२ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २२ लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्