Skip to content

व्यवसायीको मनोवलमा गिरावट आउँदा लगानी बढ्न सकेन : गभर्नर

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले लगानी योग्य रकम धेरै हुँदा पनि समस्या हुने गरेको बताए । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए ।

‘पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानी योग्य रकम धेरै छ । तर,लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,’ उनले भने ।

लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ ।

‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालयल, हस्पिटल लगायत सबै बन्द भयो । अब के मा लगानी गर्ने त रु,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्यो भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्स छैन ।’

उनका अनुसार २०५८÷६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८÷१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ । साथै, पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण ९ब्यालेन्ससिट० बिग्रिएको उनले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime