Skip to content

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

nabil bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

समता एजुकेसन फाउन्डेसन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैरनाफामुखी संस्था हो, जसले ‘शिक्षा सबैका लागि’ भन्ने मूल नाराअनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

संस्थाले हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा १०० रुपैयाँ प्रतिमहिना शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ।

कम्पनीबाट प्राप्त ५ लाख रुपैयाँको सहयोग उक्त फाउन्डेसनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोसाक, स्टेसनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ।

यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ। यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यापारसँगै सामाजिक हित र साझा विकासलाई पनि अग्रसर गराउने विश्वास लिएको छ।

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पुँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime