Skip to content

बैंकिङ क्षेत्र चुनौती पूर्ण अवस्थामा छ, एक भएर अघि बढ्नु पर्ने समय आयाेः अध्यक्ष कोइराला

nabil bank
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेनजी आन्दोलन, बाढी पहिरो, चाडपर्व र फेरि आन्दोलन हुन्छ की भन्ने त्रासले बैंकिङ क्षेत्र लगायतका क्षेत्रमा समस्या भएको जानकारी दिएका छन् ।
शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को साधारण सभामा बोल्दै उनले बैंकहरुले राम्रो रिपोर्ट ल्याउन नसक्नुमा उक्त कारण रहेको बताएका हुन् । उनले हाल बैंकिङ क्षेत्रको चुनौतीपूर्ण अवस्थामा रहेको र आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा जोड दिन आग्रह गरेका छन् ।
उनले थपे, ‘धेरै नकारात्मक कुरा गरेर केही हुँदैन। सकारात्मक दृष्टिकोण अपनाएर देशका सबै क्षेत्रले मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्छ र ग्रोथ सुनिश्चित गर्नुपर्छ।’ अध्यक्ष कोइरालाले लगानी योग्य वातावरण सिर्जना गर्न नयाँ लगानीका अवसर खोज्नुपर्नेमा पनि जोड दिएका छन् । उनले सबै क्षेत्र एकजुट भएर अघि बढेमा आगामी दिनमा परिस्थितिहरू सकारात्मक हुने बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime