काठमाडौं । काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आवको पहिलो त्रैमासमा १० करोड ८३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.४७ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड ८८ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो कोषमा १ खर्ब २३ अर्ब ७८ करोड ८० लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यसैगरी, कम्पनीले चालु वर्षको असोजसम्म ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवमा कम्पनीको यस्तो रकम ६८ करोड ९ लाख रुपैयाँ थियो । यसैगरी, सेयरपुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ र प्रतिसेयर नेटवर्थ १ सय ८३.३२ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्