काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये मंसिर महिनाका लागि १० बैंकको ब्याजदर घटेको छ भने १० बैंकको स्थिर रहेको छ ।
औषतमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर घटि रहेको छ । कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरूको औसतमा ०.१६ प्रतिशतले घटेर ५.०४ प्रतिशत रहेको छ ।
मंसिर १ देखि लागू हुने ब्याजदरमा नबिल, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, एनआईसी एशिया, सिटिजन्स, सानिमा, नेपाल एसबीआई र कुमारी बैंकको ब्याजदर घटेको छ ।
बाँकी बैंकको स्थिर रहेको छ ।







प्रतिक्रिया दिनुहोस्