काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
कात्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्