काठमाडौं । सानिमा जिआाईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार बीमा कोष, खुद बीमा शुल्क आर्जन लगायतका सूचकमा बृद्धि भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० करोड दुई लाख रुपैयाँले ऋणात्मक रहेको छ । साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन ३.३९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँको खुद व्यवसाय गरेको छ ।
यसैगरि, कम्पनीको कुल बीमा दावी भुक्तानी १२४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले तीन महिनामा ३३ करोड ७६ लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ । लगानी तथा ब्याज आम्दानी पनि ४५ प्रतिशतले घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको सो आम्दानी दुई लाख ९० हजार रुपैयाँमा सीमित बनेको छ । साथै, २१ करोड ७३ लाख रुपैयाँ कुल आम्दानी रहेको कम्पनीको ४१ करोड ७५ लाख रुपैयाँ कुल खर्च रहेको छ ।
दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषमा पाँच अर्ब ३२ करोड १८ लाख रुपैयाँ सञ्चिती रहेको छ । जसमा जगेडा कोषमा १ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छ भने महाविपत्ती कोषमा चार करोड ५४ लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँले ऋणात्मक रहेको छ ।






प्रतिक्रिया दिनुहोस्