Skip to content

जेनजी आन्दोलनले निर्जीवन बीमा कम्पनीको नाफामा धक्का, १४ कम्पनीमध्ये १२ कम्पनी नोक्सानीमा

nabil bank

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण निर्जीवन बीमा कम्पनीको नाफामा ठुलो असर देखिएको छ ।

निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये १२ वटा निर्जीवन कम्पनी नोक्सानीमा रहेका छन् ।

जेनजी आन्दोलनको कारण बीमा कम्पनीले ठुलो भोलुममा दावी भुक्तानी गर्नु परेको छ । जसको कारण बीमा कम्पनीको नाफामा असर गरेको हो । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरू मध्ये प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मात्रै नाफामा रहेका छन् । बाँकी १२ कम्पनी नोक्सानीमा रहेको कम्पनीलेको वित्तीय विवरणले देखाउँछ । यस अवधिमा प्रभु इन्स्योरेन्सको मुनाफा ६ करोड ३१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको तीन करोड ८१ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २९ करोड ८५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । यसैगरी, द ओरियण्टल इन्स्योरेन्सको २८ करोड ४८ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २६ करोड ७३ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म आउँदा शिखर इन्स्योरेन्सको १५ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । यसैगरी, यस अवधिसम्म आउँदा नेको इन्स्योरेन्स कम्पनी ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

यसैगरी, यस अवधिसम्म आउँदा एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको नौ करोड ६३ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले जनाएका छन् । यस अवधिसम्म आउँदा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी ९ करोड ९५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime