Skip to content

सहकारी बैंकका सञ्चालकले बुझे करिब पौने १ करोड भत्ता

nabil bank

काठमाडौं । सहकारी बैंकका अध्यक्षसहित सञ्चालकले गत आर्थिक वर्षमा ७२ लाख ३५ हजार २७३ रुपैयाँ भत्ता बुझेका छन् ।

गत आवमा बैंकका सञ्चालकले बैठक भत्ता बापत १७ लाख ४ हजार रुपैयाँ बुझेका छन् । यस्तै सञ्चालक सम्बन्धि अन्य खर्च ५५ लाख ३१ हजार २७३ रुपैयाँ रहेको छ । यो अवधिमा सञ्चालकले पाउने भत्ता भन्दा बढी अन्य खर्च रहेको छ ।

बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ६ हजार र अन्य सञ्चालकलाई ६ हजार भत्ता दिने गरेको छ । यस्तै अध्यक्ष तथा सञ्चालकलाई बैठकमा आउन २ हजार प्रति बैठक भत्ता दिने गरेको छ । बस र प्लेनमा आउनेको टिकट अनुसार बील भुक्तानी गर्ने गरेको छ ।

बैंकले अध्यक्ष र सञ्चालकलाई दैनिक भ्रमण भत्ता ६ हजार र सञ्चार खर्च भनेर अध्यक्षलाई मासिक ५ हजार र सञ्चालकलाई २५ सय दिने गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्षमा महेन्द्र कुमार गिरी रहेका छन् ।

यस्तै सञ्चालकमा रमेश प्रसाद पोखरेल, अमृता लिम्बु, पार्वती थापा, विश्वनाथ मण्डल, विजया धिताल, तारा गुरुङ, काली बहादुर महतारा र धुव्रराज बिष्ट रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime