Skip to content

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र अल्का अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जावलाखेल, ललितपुरमा रहेको अल्का अस्पताल प्रा.लि.बिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे ।
सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म अल्का अस्पताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अल्का अस्पतालले आफ्ना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा रहेको बताए ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

यता वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi