काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले शत प्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
क्रम्पनीले मंसिर २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ ।
मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले सभामा आयोजना पुर्ननिर्माणका लागि ऋण थप्ने प्रस्ताव सभामा लैजाने भएको छ ।
यस्तै सञ्चालक समितिका सदस्यको बैठक भत्ता बढाउने प्रस्तव सभामा लैजाने भएको छ ।






प्रतिक्रिया दिनुहोस्