काठमाडौं । सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको सर्वोत्तम सिमेन्ट कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले मंसिर २६ गतेका लागि सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि मंसिर १२ गतेका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको २० प्रतिशत लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्ने छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्