काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ४.९८ अंकले घटेर परिसूचक २५६१.०८ बिन्दु कायम भएको छ ।
३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा होटल, उत्पादन तथा प्रशोधन, ट्रेडिङ समूहको उपसूचमा सामान्य सुधार देखिएको छ ।
बाँकी समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिम स्टार ऊर्जा, बुंगल हाइड्रो, सान्भी इनर्जी, बन्दिपुर केवलकार, झापा इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्