Skip to content

नेपाल बैंकको एटिएम सेवा दुनैमा, डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य !

nabil bank

डोल्पा । नेपाल बैंकले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा संचालन गरेको छ ।

बैंकको ८९ औँ वार्षिकोत्सवका अवसरमा दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सेवाको शुभारम्भ गरे । स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौंका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ ।” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको बताए ।

ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरे ।

उनीहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैंकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलाई एटिएम कार्ड उपलब्ध गराउने जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime