काठमाडौं । सेयर बजार स्थिर बनेको छ । सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार बजार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ ।
कारोबारमा होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक राताम्मे भएका छन् । ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त, बन्दिपुर केवलकार, झापा इनर्जी, सागर डिस्ट्रिलरीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्