Skip to content

लघुवित्तको नाफा करिब साढे एक अर्ब बढ्यो, कुनको कति ? 

nabil bank
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नोक्सानीमा रहेका अधिकांश लघुवित्त कम्पनी चालु आवको पहिलो त्रैमाससम्म आउँदा नाफामा गएका हुन ।
लघुवित्त कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक  वित्तीय विवरण अनुसार ५० वटा लघुवित्त वित्तीय संस्थाले २ अर्ब ६ करोड ६७ लाख रुपैयाँको हाराहारीमा नाफा कमाउन सफल भएका छन् । लघुवित्तहरूको नाफा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षमा ५० कम्पनीले ५८ करोड ४१ लाख ९९ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएका थिए ।  ५० लघुवित्त वित्तीय कम्पनीमध्ये यस अवधिमा २२ लघुवित्त कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको छ । यसैगरी, गत आर्थिक वर्षमा नोक्सानमा रहेका १७ लघुवित्त वित्तीय संस्था नाफामा गएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै नाफा भएको लघुवित्त वित्तीय संस्था छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ। चालु आवको पहिलो तीन महिनासम्म यस कम्पनीको नाफा २६ करोड ९० लाख २ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसैगरी, सबैभन्दा धेरै नाफा हुने दोस्रो लघुवित्त साना किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको नाफा पहिलो त्रैमाससम्म २२ करोड ८४ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
डिप्रोस लघुवित्त वित्तीय संस्थाको नाफा चालु आवको पहिलो त्रैमाससम्म आउँदा २० करोड २२ लाख १५ हजार रुपैयाँ रहेको छ । यस अवधिसम्म आउँदा जीवन विकास लघुवित्त वित्तीय संस्था र नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा १४ करोड रुपैयाँभन्दा धेरै रहेको छ ।
निर्धन उत्थान र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नाफा यस अवधिसम्म आउँदा १२ करोड रुपैयाँभन्दा माथि रहेको छ ।
सूर्योदय वोमी र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा ६ करोड रुपैयाँभन्दा माथि रहेको छ । यसैगरी, यस अवधिसम्म आउँदा स्वाबलम्भ, फरवार्ड, नेरुडे, सम्पदा र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा ६ करोडभन्दा कम ५ करोडभन्दा माथि रहेको छ ।
यस अवधिमा ६ वटा लघुवित्त वित्तीय संस्थाको नाफा ३ करोडभन्दा माथि रहेको छ भने पाँच वटा लघुवित्त वित्तीय संस्थाको नाफा २ करोड रुपैयाँभन्दा माथि रहेको छ । यस अवधिसम्म आउँदा ८ वटा लघुवित्तको नाफा १ करोड रुपैयाँभन्दा माथि रहेको छ ।
चालु आवको पहिलो त्रैमाससम्म आउँदा १३ वटा लघुवित्तको नाफा १ करोड रुपैयाँभन्दा तल रहेको छ । चालु आवको पहिलो त्रैमाससम्म आउँदा मेरो माइक्रो फाइनान्स लघुवित्त, सिवाईसी नेपाल, सिर्जनशिल, मातृभूमि लघुवित्त वित्तीय संस्था नोक्सानीमा रहेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime