Skip to content

मौद्रिक नीतिको पहिलो समीक्षा ल्याउने अन्तिम चरणमा राष्ट्र बैंक

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ। राष्ट्र बैंकले पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले मङ्सिर १५ गतेभित्र नै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नको लागि राष्ट्र बैंकको अनुसन्धान विभागले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँगको औपचारिक छलफल गरिसकेको स्रोतले बतायो । यसैगरी, राष्ट्र बैंक भित्रका अन्य सरोकार वाला विभाग तथा महाशाखा र समितिले मौद्रिक नीतिको समिक्षा माथिकाे छलफल अन्तिम चरमा पुर्याएका छन् ।
गभर्नर प्रा.डा. पौडेलले यस अघि भएका नीतिहरूलाई क्रमशः खुकुलो बनाउँदै आएका छन् । यस समीक्षा मार्फत राष्ट्र बैंकले अहिलेको उद्योगी तथा व्यवसायीको खस्केको मनोबललाई उकास्न पर्ने चुनौती छ। हाल बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको छ । जसलाई लगानी गर्न सक्ने वातावरण सिर्जना मौद्रिक नीतिको समीक्षाले गर्नु पर्ने पक्षमा निजी क्षेत्रको देखिएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime