Skip to content

बैंक तथा वित्तीय संस्थामा दुर्गा प्रसाई समुहको अर्को आतंक, माग्नथाले चन्दा (पत्रसहित)

nabil bank

काठमाडौं । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूहले बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, उद्योग, व्यवसायमा चन्दा मागेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल नामक पत्रबाट चन्दा सहयोग माग गरिएको छ ।

अभियानमा केन्द्रिय अर्थ संयोजक देवि प्रसाद संग्रौलाले पठाएको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान नेपालले मङ्सिर ७ गतेदेखि देशब्यापी रूपमा अनिश्चितकालीन आम हड्तालको आयोजना गरेको छ । उक्त यो हाम्रो आन्दोलन पिडत ब्यवसायी, उद्योगी व्यापारी, देश र नागरिक बचाउने आन्दोलन हो । हजारौं, लाखौं लाख राष्ट्रबादि, देशभक्त नागरिकहरु सडकमा स्वस्स्फुर्त उतार्नु पर्ने, उनीहरुको ब्यवस्थापन गर्नु पर्ने भएको छ । साथै सबै अंचल, जिल्ला, स्थानिय तह र आ–आफ्नो नाका, तोकिएको स्थानहरुमा शान्तिपूर्ण आन्दोलनको लागि नागरिक अपिल सहितको आन्दोलन गरिने भएकोले तपाईं राष्ट्रबादि, देशभक्तहरुले स्वेच्छिक रुपमा नैतिक, आर्थिक, भौतिक सहभागी सहित सहयोग गरिदिन हुन हार्दिक अपिल र आव्हान गर्दछौं ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime