Skip to content

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ अर्ब ८९ करोड बजेट १०औं सभाबाट पारित

काठमाडौं। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट पारित भएको छ। प्रतिष्ठानकी कुलपति रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रतिष्ठानको १०औं सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित गरेको हो।

पारित बजेट अनुसार प्रतिष्ठानले सरकारबाट ३६ करोड ९५ लाख रुपैयाँ पाउनेछ। १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ आन्तरिक स्रोतबाट प्राप्त हुने प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले बताए।

गत आर्थिक वर्षमा ५०० शय्याको प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतबाट १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको थियो।

प्रधानमन्त्री कार्कीले प्रतिष्ठानलाई सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने बताइन्। प्रतिष्ठानमा स्नातकोत्तरतर्फ १०० तथा स्नातकतर्फ १७० विद्यार्थी अध्ययनरत छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T