Skip to content

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष रमेश अर्यालले लिए शपथ

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका अर्याललाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित रहेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime