काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतसँग नेपालले विद्युत खरिद सम्झौता गरेर नेपाललाई १ अर्ब २० करोड रुपैयाँ फाइदा भएको बताएका छन् ।
आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताए ।
मन्त्री घिसिङले विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप गलत भएको बताए ।
पिइसीको ८.१० रुपैयाँको रेट भन्दा अहिलेको ६.९५ रुपैयाँको रेटले करिब १ अर्ब २० करोड रुपैयाँ नाफा भएको उनको भनाइ छ । उनले बैठकमा सरकारले तत्काल सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ जाने जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्