काठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षमा एकको नाफाबाट एक वाणिज्य बैंकले भने लाभांश वितरण गर्न नसक्ने भएको छ ।
गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेका हुन ।
अहिलेसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन् भने कुमारी बैंकले कुनै लाभांश नदिने घोषणा गरेको छ । वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र सानिमा बैंकले यस पटक नगद लाभांश मात्रै दिएका छन् भने लक्ष्मी सनराइज र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगद बाहेक बोनस सेयर मात्रै दिएका छन् ।
वाणिज्य बैकमा अहिलेसम्म सबैभन्दा धेरै लाभांश दिने बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश बाँडेको छ ।
यसैगरी, गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा कम लाभांश वितरण गर्ने बैंक सिटिजन्स बैंक रहेको छ । यस बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ।
यसैगरी, गत आवको नाफाबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यता कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरेर १३ प्रतिशत लाभांश वितरण गरेको छ ।
गत आवको नाफाबाट लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ । यस अवधिको नाफाबाट सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
गत आवको नाफाबाट एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत दिने भएको हो । यता गत आवको नाफाबाट ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्