काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमास नजिकीदै गर्दा सूचीकृच कम्पनीलाई साधारणसभाको चटारो परेको छ । केही कम्पनीले साधारणसभा सकि सकेका छन् भने केहीले सभा घोषणा गरेका छन् ।
मंसिर महिना भित्र २० वटा र पुस २ गतेसम्म २२ वटा कम्पनीले सभा घोषणा गरेका छन् । सभा घोषणा गर्नेमा तीन वणिज्य बैंक सहित जलविद्युत कम्पनी, लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सभा घोषणा गरेका २२ कम्पनीमा ५ वटाले सेयरधनीको हात खाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिएका छन् ।
सेयरधनीको हात खाली बनाएका कम्पनीमा बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी, माईखोला हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी, शुभम पावर कम्पनी रहेका छन् ।
सेयरधनीलाई लाभांश नदिएको माईखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद ल्याउने, सगरमाथा जलविद्युत् कम्पनीले पनि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा र साधारणसभा बोलाएका कम्पनीमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर १२ गतेका लागि सभा बोलाएको कम्पनीले कात्तिक २५ गते नै बुक क्लोज गरिसकेको छ ।
यस्तै सिटिजन्स बैंक इन्टरनेसनलले १२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गरेको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई कर सहित ६.३१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । मंसिर २३ गतेका लागि सभा बोलाएको बैंकले मंसिर १२ गते लागि बुक क्लोज गर्ने भएको छ । सेयरनीलाई २१ प्रतिशत बोनस र कर तिर्न १.१० प्रतिशत नगद लाभांश घोषणा गरेको
साहस उर्जाले मंसिर २४ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गरेको छ । ङादी ग्रुप पावर कम्पनीले मंसिर २५ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सेयरधनीलाई २.५ प्रतिशत बोनस र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको शिवम् सिमेन्ट्सले मंसिर २५ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरेको छ ।
बरुण हाइड्रोपावर कम्पनी सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्र।ितशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले मंसिर २६ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।
सेयरधनीलाई ५ प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेर सर्वोत्तम सिमेन्टले मंसिर २६ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि १२ गते बुक क्लोज गर्ने भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २६ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । बैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा बोलाएको बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ ।
यस्तै सोल्टी होटलले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर २८ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ देखि २८ गतेसम्म बुक क्लोज गरेको छ । सेयरधनीलाई माउन्टेन इनर्जी नेपाल २० प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले मंसिर १७ गते लागि बुक क्लोज गर्ने भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेको बैंकले मंसिर २९ गतेका लागि सभा बोलाएको छ । सभा बोलाएको बैंकले १६ गते बुक क्लोज गर्ने भएको छ । आइसिएफसि फाइनान्सले मंसिर २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १९ गतेका लागि बुक क्लोज गर्ने भएको छ ।
सेयरधनीलाई ३.२५ प्रतिशत बोनस र कर सहित ९.७५ प्रतिशत नगद नगद लाभांश घोषणा गरेको कृषि विकास बैंकले मंसिर २९ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।
सिक्लेस हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर करसहित ०.७८ नगद लाभांश घोषणा गरेको कम्पनीले मंसिर २९ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने भएको छ ।
सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र करसहित २.१० प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पुस ४ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ११ गते (आज) बुक क्लोज गरेको छ ।
यस्तै सुपर मादी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने गरेको छ । पुस ४ गतेका लागि सभा बोलाएको कम्पनीले मंसिर १७ देखि पुस ४ गतेसम्म बुक क्लोज रहेको छ ।






प्रतिक्रिया दिनुहोस्