Skip to content

डिबेञ्चर (ऋणपत्र) भनेको के हो ? एनआईसी एसियाको डिबेञ्चरमा लगानी गर्दा ठिक की बेठिक ?

nabil bank



लगानी न्युज/काठमान्डौ : तोकिएको दर र समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अङ्कित मूल्य साधारणतः रु. १००० हुन्छ ।
डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । 
सङ्गठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र सङ्गठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । 
कम जोखिम लिन चाहने लगानीकर्ताहरूको रोजाइमा डिबेञ्चर पर्छन् । डिबेञ्चरमा जोखिम निकै कम हुन्छ तर प्रतिफल स्थिर हुन्छ।  
डिबेञ्चरलाई दोश्रो बजारबाट खरिद बिक्री गर्न सकिन्छ तर नेप्सेमा डिबेञ्चर कारोवार भएको देखिदैन। नेप्सेले प्रत्यक हप्ता निष्कासन गर्ने साप्ताहिक समीक्षाको अन्त्यमा “यस सातापनि डिबेञ्चरको कारोवार नभएको” कुरा उल्लेख गर्छ र यो सधैँ चल्दै आएको छ। लामो समय मुद्दती निक्षेपमा रकम राख्ने लगानीकर्ताहरुलाई भने डिबेञ्चर लगानीको एउटा सुरक्षित औजार हुन सक्छ। 
कस्तो छ एनआईसी एसियाको ऋण पत्र ? 
एनआईसी एसिया बैङ्कले भाद्र २१ गते देखि कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको  ऋणपत्र बिक्रीमा ल्याएको छ। प्रति कित्ता रु १००० अङ्कित मूल्य रहेको ऋणपत्रमा ३६ करोड ६० लाख बराबको ऋणपत्र सर्वसाधारणलाई र बाँकी १ अर्ब ४६ करोड बराबको ऋणपत्र संघ सस्थालाई बिक्री गरिने छ। 
“एनआइसी एसिया ऋणपत्र २०८२/८३”  नाम रहेको यस ऋणपत्रले वार्षिक ११ प्रतिशतका दरले व्याज दिने छ।ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ । 
लगानीकर्ताले  छिटोमा भदौ २५ गते भित्र र ढिलोमा असोज १९ गतेसम्म आवेदन दिन पाउनेछन् ।आवेदन दिदाँ  न्युनतम २५ कित्ता देखि आवेदन दिन सकिने छ । यो ऋणपत्र आर्थिक वर्ष २०८२/८३ मा परिपक्व हुने छ। ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । 


के गर्ने ?
लगानीकर्ता जो अन्य क्षेत्रमा लगानी गरेर  राम्रो प्रतिफल लिन सक्नु हुन्छ उहाँकालागि  ऋणपत्र राम्रो विकल्प हुन सक्दैन किनकि ७ वर्ष  सम्म एउटा निश्चित ब्याजमा बस्नु पर्ने बाध्यता हुन्छ ।  
तर लगानीकर्ता जो सँग  पैसा संचित छ र धेरै वर्ष बैङ्कको मुद्दतीमा पैसा राख्ने योजना छ उहाँहरुको लागि भने ऋण पत्र एउटा राम्रो विकल्प हुन् सक्छ। भविष्यमा बैङ्कले दिने निक्षेपको दरमा कमी आउँन सक्छ तर ऋणपत्र जुन व्याज दरमा बिक्री खुल्ला गरिएको हो परिपक्क हुदासम्म पनि त्यहीं  व्याज भुक्तानी हुन्छ । 
ऋणपत्रमा लगानी ठिक की बेठिक भन्ने कुरा लगानीकर्ताको प्रकृतिमा भर पर्दछ। 

  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi