Skip to content

सम्पादकको सपना भाग ३ : म्युचल फण्ड गरिब, फण्ड म्यानेजर धनी

nabil bank
एकादेशको एउटा शेयर बजारमा करिब २० वटा जति म्युचल फण्ड रहेछन्।  म्युचल फण्डको अवस्था चाहिँ दिनदिनै खराब  हुँदै थियो तर सो फण्डका सञ्चालक तथा फण्ड म्यानेजर चाहिँ दिन दिनै धनी हुँदै थिए। 
म्युचल फण्डमा त फरवार्ड ट्रेडिङ्गको धन्दा पो हुँदो रहेछ। फरवार्ड ट्रेडिङ्ग भनेको सुरुमा म्युचल फण्डले ठुलो पैसामा कुनै कम्पनीको शेयर किन्दै छ भने त्यो भन्दा अगाडी नै फण्ड म्यानेजरले आफ्नो साथीभाइ नातागोताको नामम शेयर किनेर अनि मात्र म्युचल फण्डले शेयर किन्ने।

म्युचल फण्डले ठुलो परिमाणमा शेयर उठाएपछि बजारमा त्यो कम्पनीको दाम अझै बढ्छ अनि त्यही मौकामा  आफूले किनेको शेयर फाल्ने काम पो हुँदो रहेछ।  
ह्यारी एउटा म्युचल फण्डका फण्ड म्यानेजर हुन्। उनको टिमले ५ हजार कित्ता जति “मकालु लघुवीमा कम्पनी”को शेयर किन्ने निर्णय गर्छन्। आइतबार बिहान ११ बजे नै ह्यारीले ब्रोकरलाई फोन गरेर १००० कित्ता “मकालु लाघुवीमा कम्पनी”को शेयर आफ्नो सालाको नाममा किन्दिन भन्छन । ११ :३० बजेको फ्लोर सिट हेर्दा उसको सालाको नाममा ९५० कित्ता शेयर आएको थाहा पाउँछन अनि अर्को ब्रोकरलाई फोन लगाएर म्युचल फण्डको नाममा ५००० कित्ता शेयर किन्न लगाउँछन । 


ह्यारीले १००० कित्ता किन्दा : प्रति कित्ता रु १००० 

म्युचल फण्डले किनिसक्दा : प्रति कित्ता रु ११००

त्यसपछि धेरै लगानीकर्ताले म्युचल फण्डले सो कम्पनीको शेयर किन्दै छ भनेर धेरै लगानीकर्ताहरूले सो कम्पनीको शेयर किन्दा प्रति कित्ता १३०० 
त्यसपछि ह्यारीले आफ्नो सालाको नाममा भएको १००० कित्ता शेयर बेचिदिन्छन्।
  
यसरी म्युचल फण्डका सञ्चालक गाडी चढ्ने हैसियतमा पुग्छन् भने म्युचल फण्डमा लगानीगर्ने लगानीकर्ताहरु  गाडी बाट  मोटरसाइकल चढ्ने अवस्थामा पुग्छन्। 
  
टिनिनी नि अलार्म को घण्टी बज्छ 
पसिना पुछ्दै म  गहिरो सोचमा पर्छु।  धन्न मेरो देशमा अहिले सम्म यस्तो घटना सुनिएको छैन। मनमनै नेपाली म्युचल फण्डलाई धन्यवाद दिँदै र आगामी दिनमा यस्तो नहोस् भनेर भगवान् सँग प्रार्थना गर्दै “मर्निङ्ग वाकमा” निस्कन्छु।  
*यस रचनाका  सम्पूर्ण पात्र र कथा काल्पनिक हुन् ।  कसै सँग मेल खाएका संयोग मात्र हुने छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi