Skip to content

आजको बजारलाई विस्लेषण गर्दा ?

nabil bank


लगानीन्युज/काठमान्डौ :साताको पहिलो दिन दोश्रो बजारमा बिक्री चाप निकै बढी नै देखियो। आज नेप्से परिसूचक १३ दशमलव ७० अंकले घटेर १२०७ दशमलव २८ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव १२ प्रतिशतले घटेको छ।  
आज कारोवार रकम भने वृद्धि भएको छ। आज दिन भरीमा ५६ करोड ४७ लाख बराबरको शेयर किनबेच भयो।  बजार राम्रै झरेको बेला कारोवार रकम यसरी वृद्धि हुनु त्यति सकारात्मक मानिदैन । यसले लगानीकर्ताहरु सस्तोमा शेयर फाल्न पछि नहटेको देखाउंछ। आज माछापुछ्रे बैंक र निर्धन उत्थानका प्रमोटर शेयर निकै राम्रो परिमाणमा कारोवार भएकोले पनि आज कारोवार रकम ५० करोड नाघेको हो।

प्राविधिक विस्लेषणको पाटोबाट हेर्दा बजार टेवा क्षेत्रबाट मुनि आएको प्रस्ट देखिन्छ। आज बजार “इण्ट्राडे लो” मा बन्दभएको छ।  बजार दिन भरमा १२०७ दशमलव ०५ को न्यून विन्दुसम्म पुगेकोमा बजार बन्द हुँदा १२०७ दशमलव २८ को विन्दुमा बन्द भएको छ।
आज १२२० दशमलव ९८ को विन्दुमा खुलेको बजार त्यो भन्दा माथि जान सकेन। 

आज बजार बिहान खुले देखिने निरन्तर घट्दै थियो।  बजारले दिन भरीमा राम्रो संग बाउन्स ब्याक गर्न सकेन।  यसले पनि बिक्रीकर्ता नै हावी भएको प्रस्ट हुन्छ।
आज “अन्य” उपसुचक बाहेक  कुनै पनि उपसूचक बढ्न सकेनन।   
बोनस शेयर मात्र लाभासं हो भन्ने मनोविज्ञान बाट अघि बढेको हाम्रो बजार दुई वाणिज्य बैंकहरुले नगद लाभांस मात्र प्रस्तावले केही लगानीकर्तालाई निराश बनाएको देखिन्छ। त्यही भएर आज सबै भन्दा धेरै वाणिज्य बैंकको उपसुचकमा गिरावट देखियो। अन्य दुई वाणिज्य बैंकले वित्तिय प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्था छ।  आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको विवरणमा दुवैले राम्रो वित्तिय प्रतिवेदन निकालेका छन्। सबै वाणिज्य बैंकलाई एकै ठाउमा हालेर हेर्नु भन्दापनि कम्पनी शेयर किन्दाको  लागत र प्रतिफल हेरेर लगानी गर्दा उपयुक्त हुन्छ।  त्यस्तै दुई अंकको व्याज दर भएका लामो अवधिका ऋणपत्रले पनि लगानीकर्ताको मनोविज्ञानमा असर पुगेको देखिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi