Skip to content

प्रभु बैंकको लोभलाग्दो प्रगति; हेरौ कम्पनी विस्लेषण

nabil bank

लगानीन्युज/काठमान्डौ: प्रभु बैंकले आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको लोभलाग्दो वित्तिय प्रतिवेदन प्रस्तुत गरेको छ। खुद नाफामा ७२ प्रतिशतको वृद्धि हासिम गर्दै प्रभु बैंकले आफुलाई दिन प्रतिदिन “ग्रोथ” गर्न पछि हटेको छैन। 




कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
➤ बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ७२ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले यो त्रैमासमा ५९ करोड ८४ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ करोड ८७ लाख खुद नाफा कमाएको थियो । 
➤ गत वर्षको चौथो त्रैमाससंग तुलना गर्दा बैंकको प्रतिशेयर आम्दानीमा वृद्धि आएको देखिन्छ । प्रतिशेयर आम्दानी २३ दशमलव ७२ रुपैयाबाट बढेर २९ दशमलव ०७ रुपैया कायम भएको प्रस्तुत गरेको छ । 
➤ बैंकले यस अवधिमा जगेडा कोषको आकार २२ प्रतिशतले वृद्धि गर्दै ४ अरब ८५ करोड रुपैयाँ संचित गर्न सफल भएको छ ।
➤ निक्षेप र कर्जाको कुरा गर्दा उसले यो  त्रैमासमा १ खर्ब ३ अर्ब निक्षेप उठाई ८६ अर्ब १ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
➤ बैंकले निक्षेप र कर्जाको आकार औषत मात्रामा वृद्धि गर्न सफल भएको छ । निक्षेप २४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २९ प्रतिशतले वृद्धि भएको छ ।
➤ बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी ४८ प्रतिशतले वृद्धि भएर १ अर्ब १३ करोड पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा ८१ करोड ७२ लाख रहेको छ ।
➤ बैंकको निस्क्रिय कर्जा ४ दशमलव २३ प्रतिशतबाट धटेर २ दशमलव ५१ प्रतिशत भएको छ। 
➤ व्याज दर वृद्धिको चापमा अन्य वित्तिय सस्था रहेपनि प्रभु बैंकको बेस रेट भने एक वर्ष अघिको तुलनामाकेही कम भएको छ। बेस रेट ९ दशमलव ८० प्रतिशत बाट घेटेर ९ दशमलव ४९ प्रतिशत कायम भएको छ। 
➤ कम्पनीको मूल्य आम्दानी अनुपात ८ दशमलव ५७ गुणा छ। यसले कम्पनीको प्रति शेयर आम्दानीको हिसाबले बजार मूल्य निकै कम रहेको प्रस्ट हुन्छ। 

रकम हजारमा 



निष्कर्ष :



कुनै समय निकै खराब अवस्थामा रहेको खराब कर्जा अहिले भने बैंकले २ दशमलव ५१ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको यो सफलताकाको रुपमा लिन सकिन्छ । कम्पनीले खुद नाफामा पनि राम्रो सुधार गरेको छ । 
निक्षेप र कर्जालाई वृद्धि गर्दै बेस रेटलाई केही भएपनि कम गर्न सक्नु बैंक व्यवस्थापन सफल भएको देखिन्छ। बैंकको सिसिडी अनुपातपनि ७५ दशमलव ६८ हुनुले पनि बैंक थप कर्जा प्रवाह गर्न सक्षम रहेको देखिन्छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi