Skip to content

अघिल्लो पुस्ताको कानुन र नयाँ पुस्ताको सोच

nabil bank

लगानीन्युज/काठमान्डौ: हालै “टुटल” र “पठाओ” एपमार्फत् यात्रु बोक्ने मोटरसाइकल विरुद्ध कारबाही गरेको समाचारले बजार  राम्रै तताएको छ। एक थरी समूहले कानुनमै नभएको कुरा कसरी सञ्चालन गर्न मिल्छ भन्ने तर्क राखेका छन् भने भने अर्को समूहले देशमै केही गर्न खोज्नेलाई राज्यले केही गर्न दिँदैन भनेर सरकार सँग दुख पोखेका छन् । 
अहिले सम्म नेपालको यातायात क्षेत्रमा त्यस्तो ठुलो प्रगति हुन् सकेको छैन र यातायातमा प्रविधि भित्रन नसकेको तितो सत्य हामी संग छ ।  निकै महँगो शुल्क तिर्दै  ट्याक्सी चढ्दै आएका नेपालीले यात्रु  बोक्ने मोटरसाइकलबाट केही राहत भने पक्कै पाउने आशा  गरिएको थियो। काठमान्डौको ‘जाम’ छल्न पनि यात्रुलाई यस्ता मोटरसाइकल निकै लाभादायी हुने यस क्षेत्रका जानकार बताउँछन्। 
राज्यले समयमै यसलाई व्यवस्थित गरेको भए सबै पक्षलाई फाइदा हुने थियो । यात्रुले सस्तोमा सेवा पाउँथे, युवाले रोजगार र राज्यले कर। 
राज्यले यसरी नयाँ नयाँ काम र “आइडिया” ल्याउने युवाहरूलाई प्रोत्साहन मिलोस् भनेर धेरै अघि नै यस सम्बन्धी कानुन बनाउनु पर्ने ठाउँमा राज्यले उल्टो युवालाई निरुत्साहित पार्ने काम गर्दै छ भन्दा फरक नपर्ला।  
आफ्नो देशमै केही गर्नेलाई कानुन देखाएर काम गर्न नदिने रोग नेपालमा धेरै पहिले देखिकै कै हो र यस्ता गतिविधिले युवालाई हतोत्साहित बनाएर विदेश पठाउने काम राज्यले अप्रत्यक्ष रूपमा गर्दै आएको छ भन्दा फरक नपर्ला ।  

“यदि मार्क जुकर्वग नेपालमा जन्मेको भए र उनले नेपालमै बसेर सामाजिक सञ्जाल फेसबुक बनाएको भए साहेद राज्यले सामाजिक सञ्जाल सम्बन्धी कानुन छैन, यसलाई बन्द गर्नुस् भनेर मार्क जुकर्वगलाई अस्ट्रेलिया, अमेरिका, साउदी, दुबई जान राज्यले बाध्य पार्थ्यो। युवालाई विदेश पठाउन सकियो भने राम्रो रेमिटेन्स आउँछ  र राज्य चल्छ, राज्यलाई व्यंग गर्दै अर्का युवाले भने।

नियम कानुन भनेको समय सापेक्ष बनाउँदै जाने हो। नेपाल बैङ्क लिमिटेड राष्ट्र बैङ्क भन्दा अगाडी आएको होइन  र ? केन्द्रीय बैङ्क नै नभएको अवस्थामा नेपाल बैङ्कलाई किन सञ्चालन गर्न दिने भनेर नेपाल बैङ्क त्यो बेला बन्द गरेको भए के हुन्थ्यो ?
कानुन भन्दा माथि कोही छैन, कानुन र कर छल्ने अधिकार कसैलाई छैन तर नयाँ पुस्ताले गरेका केही कामलाई राज्यले प्राथमिकतामा राख्दै छिटो भन्दा छिटो नियम कानुन बनाउनु पर्छ। युवाले केही गर्न खोजे सो व्यवसायलाई व्यवस्थित गर्दै अरू युवालाई पनि देश भित्रै केही गर्न सक्ने वातावरण सिर्जना गर्नु पर्छ।

युवा पस्तालाई देशमै केही गर्ने वातावरण सिर्जना गरिएमा युवा काठको बाकसमा आफ्नो देश फर्किनु पर्ने बाध्यता हट्ने छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi