Skip to content

“काठमान्डौ पछि दोश्रो ठुलो बजार बुटवल नै हुने छ”; गोपी राज भुसाल

nabil bank
बुटवल स्थित सफल नेपाल इन्भेस्टमेन्टका संचालक तथा सफल नेपाल ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत गोपी राज भुसालसंग लगानीन्युजले बुटवलको शेयर बजार र सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको शेयर शिक्षा कार्यक्रमलाई केन्द्रित हुँदै कुराकानी गरेको थियो। 
सफल नेपाल इन्भेस्टमेन्टका संचालक गोपी राज भुषालसंग लगानीन्युले गरेको कुराकानी :
➤प्रदेश नम्बर ५ मा पहिलो पटक लगातार ५ दिन शेयर तालिम आयोजना गर्नु भयो, यसको आवस्यकता के थियो? 
सर्वप्रथम तपाईहरुको मिडियालाई धन्यवाद दिन चाहन्छु, प्रदेश नं ५ आर्थिक हिसाबले धनी प्रदेश हो र यहाँको घर जग्गा व्यापरमा निकै लामो समय देखि “बुम” आएको थियो त्यसैले यस क्षेत्रमा लगानीयोग्य पैसा राम्रो छ र यहाँका जनताहरु शेयर बजारमा लगानी गर्न निकै उत्सुक पनि छन्। 
यही कुरा लाई मध्यनजर गर्दै यस सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले प्रदेश ५ का लगानीकर्ताहरुलाई शेयर शिक्षा प्रदान गरि लगानीकर्ताहरुको लगानी सुरक्षित गरि सकेसम्म धेरै भन्दा धेरै नाफा आर्जन गरुन भनी ५ दिने शेयर तालिम आयोजना गरेको थियो । 
अहिलेको अवस्थामा बुटवलमा ५ वटा ब्रोकरका शाखा (RWS) आएको अवस्था छ। विस्तारै बुटवल  शेयर  बजारको  हबको रुपमा  विकास भएको हुँदा  शेयरमा लगानी गर्नेको संख्या दिन प्रतिदिन बढ्दै छ, नयाँ लगानीकर्ताहरुको शेयर बजारमा प्रवेश भएको अवस्था, नयाँ लगानीकर्ताहरुको लगानी सुरक्षित गर्नको लागि पनि हामीहरुले शेयर बजारको आधारभूत कुराको जानकारी दिनको लागि भएपनि ५ दिनमा तीन जिल्ला  कपिलवस्तु, रुपन्देही  र नवलपरासीमा शेयर तालिम आयोजना गरेको अवस्था थियो। 

अहिले सिमित शहरबाट मात्र शेयर कारोवार सम्भव छ।  गाउँका मान्छेले शेयर कारोवार गर्न नपाउने हो र ? की ब्रोकरको शाखा विस्तार गर्नु पर्यो, की “सब ब्रोकर”को अवधारणा ल्याउनु पर्यो की बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्यो। 

 तपाईहरुले शेयर तालिम दिएपछि बुटवल र बुटवल वरिपरि केही परिवर्तन पाउनु भयो ? 
हामीले तीन वटा जिल्लामा तालिम सम्पन्न गरे पश्चात ती जिल्लाबाट विविन्न प्रतिक्रियाहरु आउँदै छन्। हामीले जति पनि शेयर शिक्षाका कार्यक्रम गरेका छौ त्यसमा ८० प्रतिशत जति नयाँ  लगानीकर्ताको उपस्थिति हुने गरेको थियो, प्राथमिक बजार र दोश्रो बजारमा लगानी कसरी गर्ने र प्रवेश गर्दा कस्ता कम्पनी छनोट गर्ने जानकारी पाएकोमा धन्यवाद पनि धेरै लगानी कर्ता बाट पाएका छौ  र अन्य जिल्लाबाट पनि यस्ता प्रकृतिका शेयर तालिम गर्नुस भनेर  हामीहरुले खबर पाएको अवस्था छ। 
तालिम पश्चात धेरै लगानीकर्ताहरुले प्राथमिक बजारमा लगानी सुरु गरिसक्नु भएको छ। कुनै कम्पनीको आईपॆओ पार्ने लगानीकर्ताले हामीलाई सधै सम्झनु भएको छ।  विस्तारै उहाँहरु दोश्रो बजारमा पनि प्रवेश गर्नु भएको छ।  यसमा हामीलाई खुशी लाग्छ।  
  बुटवलको वर्तमान शेयर बजारको अवस्था के छ र कस्तो भविष्य के देख्नु भएको छ?
अहिलेको अवस्थामा बुटवलमा शेयर बजार प्रतिको क्रेज निकै राम्रो छ, काठमाडौँ पछिको दोश्रो ठूलो शेयर कारोबार हुने शहर बुटवल नै हो जस्तो लाग्छ। त्यसमा पनि ५ वटा ब्रोकर बुटवल आउनाले बुटवलको शेयर बजारको क्रेज कस्तो छ भन्ने कुरा सिधै अनुमान लाउन सकिन्छ । बजार अहिले घटेको छ बजारमामा लगानीयोग्य तरलताको अभाव छ त्यही पनि बुटवलवासी  लगानीकर्ताहरु लगानीमा निकै उत्सुक  छन् र बजार केहि समय पछि बुल अवस्थामा निरन्तर जानीमा ढुक्क छन्, केहि कारोवारी निरास भएपनि  दिर्घकालिन लगानीकर्ताको लागि बजार उत्साहजनक नै छन्।  
 सफल नेपालले शेयर शिक्षा कार्यक्रमलाई भविष्यमा कसरी लगेर जान्छ ?
सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले प्रदेश ५का सम्पूर्ण जिल्लामा शेयर शिक्षा सम्बन्धी तालिम आयोजना गर्ने  लक्ष्य लिएको छ।  हालसम्म हामीले जम्मा ४ जिल्लामा शेयर शिक्षा सम्बन्धी तालिम आयोजना गरेको अवस्था छ र बाँकी जिल्लामापनि छिट्टै शेयर शिक्षा सम्बन्धी तालिम आयोजना गर्ने छौ। हामीले प्रदेश ५मा शेयर शिक्षा सम्बन्धी कार्यक्रम गर्ने अभियान निरन्तर जारि रहनेछ । सम्पूर्ण लगानीकर्ताको लगानी सुरक्षित होस भन्नका लागि यो अभियान उपयुक्त ठानेका छौ।   

अहिले बजारको मुख्य समस्या भनेको बजारमा माग र आपूर्ति नै हो। बजारमा अहिले पनि ठुलो “डिम्याण्ड” देखिएको छैन। यसको एउटा कारण बैंकको व्याज नि हो।  देशमा तरलता केही सहज भएपछी विस्तारै बजारमा लगानीकर्ताको ठुलो प्रवेश देखिन्छ। 

➤ काठमाडौ पछि बुटवलनै हुने हो त देशको ठूलो शेयर कारोवार हुने ठाउँ ?
अवस्य हुने नै छ। बुटवल एउटा आर्थिक क्रियाकलापको हब अनुसार आगाडी बढ्दै छ, आर्थिक क्रियाकलाप वृद्धि हुनु भनेको केही समय पछि विस्तारै पुँजी बजारकोलागि तरलता सिर्जना हुनु हो। 
बुटवलका ब्रोकर कार्यलयमा लगानीकर्ताहरुको चहल पहल बढेको देख्छु र बुटवलका स्थानीय विकाश बैंकको वार्षिक साधारण सभामा विगत ४/५ वर्ष भन्दा अहिले उपस्थिति बढ्दो क्रममा रहेको छ। अन्य व्यापार व्यवसायमा आवद्ध लगानीकर्ताहरुपनि विस्तारै पुँजी बजारमा आकर्षित हुँदै छन्। त्यसैले काठमान्डौ पछिको दोश्रो ठुलो शेयर हब बुटवल नै  हुने छ। 
 ➤ उपत्यका बाहिर पुँजी बजार विस्तार गर्न के गर्नु पर्ला ?
      निकै राम्रो प्रश्न सोध्नु भयो। मैले यो प्रश्नको उत्तर बुदागत रुपमा दिन चाहान्छु :
  • सबै भद्ना पहिला शेयर शिक्षा आवश्यक छ। शेयरको आधारभूत ज्ञान बिना शेयर बजार नयाँ लगानीकर्ताको माझ पुर्याउनु भनेको  नयाँ लगानीकर्ताले जोखिम निम्त्याउनु हो । 
  • अहिले सिमित शहरबाट मात्र शेयर कारोवार सम्भव छ।  गाउँका मान्छेले शेयर कारोवार गर्न नपाउने हो र ? की ब्रोकरको शाखा विस्तार गर्नु पर्यो, की “सब ब्रोकर”को अवधारणा ल्याउनु पर्यो की बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्यो। 
  • अन्लाईन कारोवार प्रणालीलाई सके सम्म चाढै पूर्ण स्वचालित बनाउनु पर्यो। 
  • धितोपत्र बोर्डले उपत्यका बाहिरका “रियल सेक्टर”का कम्पनीहरुलाई लाई पुँजी बजारमा ल्याउनु पर्यो। 
  • पूर्वाधारको विकास गरी शेयर बजारलाई सहज बनाउनु पर्यो। 

➤ अन्त्यम के भम्न चाहनुहुन्छ ? 

सर्बप्रथम म लगानीन्युज लाई धन्यवाद दिन चाहान्छु, शेयर सम्बन्धी प्रदेश न ५ बाट केहि कुरा राख्न दिनु भएकोमा। यस क्षेत्रमा शेयर बजार विकासका लागि यस सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले निरन्तर योगदान दिनेछ यो एउटा अभियान नै हुनेछ। विभिन्न क्षेत्रमा शेयर शिक्षा कार्यक्रम गरेर, अन्तरक्रिया कार्यक्रम आयोजना गरेर हामी पुँजी बजार विकास र विस्तारको लागि कुनै कसर बाँकी राख्ने छैनौ। 
अहिले बजार निकै घटेको अवस्था छ। बजार माग र आपूर्तिले चल्छ। कम्पनीहरुले राम्रो दोश्रो त्रैमासको वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै छन्।  कम्पनीको आधारभूत अवस्था बलियो छ। अहिले बजारको मुख्य समस्या भनेको बजारमा माग र आपूर्ति नै हो। बजारमा अहिले पनि ठुलो “डिम्याण्ड” देखिएको छैन। यसको एउटा कारण बैंकको व्याज नि हो।  देशमा तरलता केही सहज भएपछी विस्तारै बजारमा लगानीकर्ताको ठुलो प्रवेश देखिन्छ। 
नयाँ लगानीकर्ताहरु जहिले पनि बजार बुलको माथिल्लो लेभलमा पुग्दा लगानी गर्छन। त्यो भनेको जोखिम निम्त्याउनु हो।  नयाँ लगानीकर्ताले लगानी गर्ने भनेको बजार निकै घटेको बेलामा हो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi