Skip to content
Prabhu

सिद्धबाबा सुरुङमार्गमा आजदेखि ‘ड्रिलिङ’ सुरु

काठमाडौँ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले आजदेखि सिद्धबाबा सुरुङमार्गमा ‘ड्रिलिङ’ सुरु गरेको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गतको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वानमा सो कम्पनीले ठेक्का  पाएको थियो । 

यसको निर्माण लागत सात अर्ब ३४ करोड रुपैयाँ रहेको छ । 

कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल एक्समार्फत चिनियाँ कम्पनीले आजदेखि सिद्धबाबा सुरुङमार्गको ‘ड्रिलिङ’ सुरु गरेको भन्दै बधाइ दिएका छन् । 

२.५९ किलोमिटर लम्बाइको सुरुङमार्गलाई पहिरो र ढुंगा झर्ने अहिलेको समस्याको विकल्पका रुपमा लिइएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र बाह्रै मास पहिरोको जोखिममा छ ।

वर्षामा सिद्धबाबाको भिरबाट खस्ने ठूला ढुङ्गाले कयौँ दिन बाटो अवरुद्ध हुने गरेको छ । यात्रुहरू घण्टौँसम्म जोखिम क्षेत्रमै सडकमा अलपत्र पर्छन् । पहिरो र ढुंगा झर्ने समस्याका कारण हालसम्म ठूलो भौतिक र मानवीय क्षति भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal