Skip to content

६ महिनामा करिब ७ खर्ब व्यापारघाटा

nabil bank

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा  ६  खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो ।

 

विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कुल ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा २ दशमलव ६२ प्रतिशतले घटेको छ । 

नेपालले सबैभन्दा धेरै भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिना अवधिमा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रुपैयाँ बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौं नम्बरमा छन् । 

पुस मसान्तसम्ममा चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग  १२ अर्ब २६ करोड, युक्रेनसँग रू नौ अर्ब ९६ करोड र मलेसियासँग आठ अर्ब ६० करोड रुपैयाँ बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।  

 

चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा  आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अर्थात्  ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ ।

पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा  ६६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi