Skip to content
Prabhu

इराकमा पासपोर्ट नवीकरणको लागि घुम्ती शिविर सञ्चालन हुने, अध्यक्ष शर्माले दिए धन्यवाद

काठमाडौं । नेपाली दूतावास कुवेतले इराकमा रहेका नेपालीहरुको पासपोर्ट नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । 

नेपाली दुतावास कुवेतले इराकको सुलेमानिया मा माघ १९ देखि २४ गतेसम्म पासपोर्ट नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । 

नेपाली दूतावास कुवेतले एनसीसी इराकसँगको सहकार्यमा घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

एनआरएनए अध्यक्ष राजेन्द्रकुमार शर्माले सरकारले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधज गरेको प्रतिक्रिया दिए । उनले यस्तै समस्या भएका माल्टा लगायतका देशमा पनि सरकारले तत्कालको लागि घुम्ती शिविर र दीर्घकालिन रुपमा समस्या समाधान गर्न दूतावास वा यस्तै निकाय आवश्यक रहेको बताए । 

इराकमा २० हजारभन्दा बढी नेपाली कार्यरत रहेका छन् । इराकमा हुने नेपालीले वार्षिक १० अर्बभन्दा बढी रेमिट्यान्स नेपाल पठाउदै आएका छन् । पासपोर्ट नवीकरण नहुँदा नेपालीहरु नेपाल फर्कन सकेका थिएनन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal