Skip to content

अब पुनर्बिमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी २० अर्ब पुर्‍याउनु पर्ने

 

काठमाडौं । एक वर्षभित्र पुनर्बिमा कम्पनीहरूले २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने भएको छ। बिमा प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको हो। 

पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम १० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ। प्राधिकरणले आगामी १५ दिनभित्र यस्तो चुक्ता पुँजी वृद्धिको योजना समेत बुझाउन निर्देशन दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘बिमा कम्पनीहरू कै चुक्ता पुँजी वृद्धि गरिएकाले पुनर्बिमा कम्पनीको पनि गर्नुपर्ने देखिएकाले यस्तो निर्णय गरेको बताए ।’ 

जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ। नेपालमा अहिलेसम्म दुइटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन्।  नेपाल रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी हाल १२ अर्ब ८१ करोड छ। सो कम्पनीले कम्तीमा ५६ प्रतिशतले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने हुन्छ। 

सो कम्पनीहरूले बोनस सेयर, हकप्रद सेयर वा थप निष्कासन (फर्दर पब्लिक अफरिङ) बाट पुँजी बढाउन सक्छन्।  हिमालयन रिइन्स्योरेन्स कम्पनीको भने १० अर्ब चुक्ता पुँजी छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi