Skip to content
Prabhu

पेट्रोल, डिजल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र ग्यासको मूल्य बढाएको हो । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्य प्रतिलिटर  क्रमशः ४ रुपैयाँ ५३ पैसा र २ रुपैयाँ ३२ पैसा र ग्यासको मूल्य प्रतिसिलिण्डर १५ रुपैयाँ ७८ पैसाले बढेर आएकाले मूल्य बढाएको जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ र ग्यासको मूल्य प्रति सिलिण्डर १५ रुपैयाँले बढाइएको हो । 

अब पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६७ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा र एलपी ग्यास १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

साथै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ९१० रुपैयाँ कायम भएको छ भने तेस्रो वर्ग काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजल र मट्टितेल १५८ रुपैयाँ र ग्यास  प्रतिसिलिण्डर एक हजार ९१० रुपैयाँ तोकिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal