Skip to content
Prabhu

अर्थमन्त्रालयमा सहसचिवहरुको सरुवा, आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

काठमाडौं । अर्थमन्त्रालयका सहसचिवहरुको सरुवा भएको छ । मन्त्रालय अन्तर्गतको निकै महत्वपूर्ण मानिने आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बरालको सरुवा भएको छ । 

अर्थमन्त्री डा प्रकाशरण महतले विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक वित्त विभागमा सरुवा गरेका छन् । 

मैनाली विभागको महानिर्देशकको रुपमा २०७९ मंसिरमा आएका थिए । मैनालीको सुझाव अनुसार अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाको बार्गेन गेनमा कर लगाएका थिए । 

बराल ठाउँमा नारायण सिलवाल पुगेका छन् । उनी वित्तीय व्यवस्थापन र संस्थान समन्वयन महाशाखा प्रमुख हुनेछन् । 

अर्थमन्त्रालयको कर्मचारी महाशाखा प्रमुखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार शाखा प्रमुख टोकराज पाण्डे आएका छन् । 

एअरपोर्ट भन्सार प्रमुखको जिम्मा सेवन्त पोखरेललाई दिइएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal